Like us!
Follow us!
Connect us!
Watch us!

आज मुलुकका धेरै स्थानमा वर्षा हुने

अर्थ संसार

बुधबार, १३ असोज २०७८, ०७ : ४४ मा प्रकाशित

आज मुलुकका धेरै स्थानमा वर्षा हुने

आज बुधबार मुलुकका धेरै स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना छ । मनसुनको उत्तरार्धमा ठूलो वर्षाको सम्भावना नरहे पनि फाटफुट पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन् । 

बंगालको खाडीको उत्तर पश्चिम भूभाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव छ । हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर छ। 

बुधबार बिहान काठमाडौं उपत्यकामा पारिलो घाम लाग्न सकेको छैन । बिहान मुलुकका केही स्थानमा वर्षा भएको छ । आज दिउँसो धेरै स्थान र राति थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको