Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा भित्रियो एक करोड ७८ लाख डोज खोप

अर्थ संसार

बुधबार, १३ असोज २०७८, १२ : ४३ मा प्रकाशित

नेपालमा भित्रियो एक करोड ७८ लाख डोज खोप

नेपालमा हालसम्म कोभिड-१९ विरुद्धको एक करोड ७८ लाख ५८ हजार ७१० खोप भित्रिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी भेरोसेल खोप प्राप्त भएको छ। भेरोसेल खोप एक करोड १९ लाख डोज रहेको छ। कोभिसिल्ड खोप २४ लाख ४८ हजार आएको छ।

एस्ट्राजेनेका खोप १९ लाख ७५ हजार आठ सय ६० र एक मात्रा लगाए पुग्ने जोनसन एन्ड जोनसन १५ लाख ३४ हजार आठ सय ५० डोज छ।

मन्त्रालयका अनुसार १२ असोजसम्म एक करोड २९ लाख ५८ हजार पाँच सय आठ मात्रा खोप लगाइसकिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको