Like us!
Follow us!
Connect us!
Watch us!

लौ आयो लगानीको अवसर ! सोलुबासीलाई साहस ऊर्जाले सेयर दिदै

सोमबार, २९ जेठ २०७४, १३ : २५ मा प्रकाशित

लौ आयो लगानीको अवसर ! सोलुबासीलाई साहस ऊर्जाले सेयर दिदै

अर्थ संसार, काठमाडौँ– सासह ऊर्जाले स्थानीयबासीका लागि साधारण सेयर प्रदान गर्ने भएको छ । सोलुखोला–दूधकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको साहास ऊर्जा लिमिटेडले सोलुखुम्बुका स्थानीयका लागि सेयर जारी गर्ने तयारी गरेको र नेपाल धितोपत्र बोर्डमा आवश्यक प्रक्रियाका लागि निवेदन दिने तयारी गरेको छ ।

आयोजना निर्माण गर्न आवश्यक स्वपुँजी जुटाउन सेयर जारी गर्न लागिएको साहस ऊर्जाले जनाएको छ ।रु ११ अर्ब ८६ लागत अनुमान गरिएको आयोजनामा ७३ प्रतिशत ऋण र २७ प्रतिशत स्वपूँजी रहेको छ । स्वपूँजी वापत रु ३ अर्ब २१ करोड लगानी हुनेछ । उक्त रकमको १० प्रतिशत सेयर जारी गरिने कम्पनीका अध्यक्ष हिमप्रसाद पाठकले बताए ।

‘सेयर जारी गर्न ‘एनआइबिएल क्यापिटल मार्केट’ बिक्री प्रबन्धक नियुक्त गरिएको छ,’ उनले भने, ‘सेयर जारी गर्ने अनुमति लिन नेपाल धितोपत्र बोर्डमा आवेदन दिने तयारी भइरहेको छ ।’

कम्पनीले केही दिन पहिले मात्रै  इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्सट्रक्सन मोडलमा आयोजना निर्माण गर्न ठेकेदार छनोट गरेको छ ।

 यो मोडलअनुसार सिभिल निर्माण, इलेक्ट्रो तथा हाइड्रो मेकानिकलको काम एउटै ठेकेदारले गर्छ । आयोजनाको काम इटलीको सिएमसी राभेना कम्पनीलाई दिइएको छ ।

यो पनि पढ्नुहोस् 

अरुण तेस्रोको शिलान्याश गर्न भारतीय प्रम मोदी नेपाल आउँदै 

सञ्चयकोषको लगानीमा अगाडि बढ्दै ६८० मेगावाट क्षमताको जलविद्युत् आयोजना

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको