Like us!
Follow us!
Connect us!
Watch us!

एमसीसी अनुमोदन गर्नुपर्छ : डा. बाबुराम भट्टराई

अर्थ संसार

विहीबार, १४ असोज २०७८, ०७ : १९ मा प्रकाशित

एमसीसी अनुमोदन गर्नुपर्छ : डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराउनुपर्ने बताएका छन् । लमजुङको सदरमुकाम बेँसीशहरमा बुधबार आयोजना गरिएको जसपाको संगठन सुदृढीकरण जनजागरण अभियानलाई सम्बोधन गर्दै भट्टराईले एमसीसीमा राष्ट्रिय सहमति गरेर छिटो अनुमोदन गर्नुपर्ने बताएका हुन् ।

भट्टराईले एमसीसी जस्ता विषयमा राष्ट्रिय दलबीचमा समझदारी आवश्यक रहेको समेत बताए । 'एमसीसीको विषय अहिले पेचिलो रूपमा उठेको छ', उनले भने, 'यस्ता राष्ट्रिय मामिलाका विषयमा प्रमुख दलबीच समझदारी बनाएर नै अगाडि बढ्नुपर्छ ।'

अर्को एक प्रसंगमा पूर्वप्रधानमन्त्री भट्टराईले पाँच दलीय गठबन्धनको सरकारले निर्वाचन गराउने र यो गठबन्धन नटुट्ने बताए । उनले संविधान र राष्ट्रको रक्षाका लागि निर्माण भएको गठबन्धनमा कुनै पनि विवाद नरहेकाले नटुट्ने दाबी गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको