Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इक्वीटी फन्डकाे न्याभ घट्याे, सेयर लगानी कति ?

अर्थ संसार

विहीबार, १४ असोज २०७८, १२ : ३० मा प्रकाशित

नबिल इक्वीटी फन्डकाे न्याभ घट्याे, सेयर लगानी कति ?

नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्डले २०७८ साल भदाै मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

भदाै मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १७ रुपैयाँ ७४ पैसामा झरेकाे छ । उक्त मूल्य साउन  मसान्तकाे तुलनामा १ रुपैयाँ ५४ पैसाले घटेकाे हाे । साउन मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १९ रुपैयाँ २८ पैसा रहेकाे थियो ।

त्यसैगरी, भदाै मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी पनि १ अर्ब ४६ करोड २९ लाख ६४ हजार रुपैयाँमा सीमित भएको छ । उक्त लगानी २९ करोड ९ लाख ८५ हजार रुपैयाँले थाेरै हाे । साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब ७५ करोड ३९ लाख ५० हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, नबिल इक्वीटी फण्डले विभिन्न प्रकारका ८२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नागरिक लगानी काेषको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात भने ३ करोड ३४ लाख २५ हजार रूपैयाँले बढेर ३९ करोड ८७ लाख ५५ हजार रूपैयाँ पुगेकाे छ । साउन मसान्तसम्म फण्डकाे बैंक माैज्दात ३६ करोड ५३ लाख ३० हजार रूपैयाँ रहेकाे थियाे ।

फण्डले सार्वजनिक गरेकाे भदाै मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

61555f89049a4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको