Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इक्विटी फण्डको १८ वटा लघुवित्तमा लगानी, न्याभ कति छ ?

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, ११ : ४९ मा प्रकाशित

नबिल इक्विटी फण्डको १८ वटा लघुवित्तमा लगानी, न्याभ कति छ ?

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्डले २०७९ साल माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

माघ मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) घटेर १० रुपैयाँ ५० पैसामा सिमित भएकाे छ । उक्त मूल्य पाैष मसान्तकाे तुलनामा १३ पैसाले थाेरै हाे । पाैष मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ६३ पैसा रहेकाे थियो ।

त्यसैगरी, माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी पनि घटेर ८४ करोड ६१ लाख ६३ हजार रूपैयाँमा सिमित भएकाे छ । उक्त लगानी पाैष मसान्तकाे तुलनामा घटेकाे हाे । पाैष मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ८७ करोड ३ लाख ६९ हजार रुपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, नबिल इक्विटी फण्डले विभिन्न प्रकारका ८७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । जसमध्ये २० वटा वाणिज्य बैंक, ३ वटा विकास बैंक, एउटा फाइनान्स कम्पनी, १८ वटा लघुवित्त, ६ वटा जीवन बीमा, ११ वटा निर्जीवन बीमा, ८ वटा जलविद्युत कम्पनी, एउटा उत्पादन तथा प्रसाेधन समूहकाे कम्पनी, २ वटा अन्य समूहकाे कम्पनी, एउटा हाेटल तथा पर्यटन समूहकाे कम्पनी, एउटा लगानी समूहकाे, एउटा व्यापार समूहकाे र १३ वटा म्युचुअल फण्ड रहेका छन् । 

फण्डले सार्वजनिक गरेकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

63f854448fdc8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको