Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इक्विटी फण्डको न्याभसँगै घट्याे लगानी

अर्थ संसार

विहीबार, ११ जेठ २०८०, १२ : २२ मा प्रकाशित

नबिल इक्विटी फण्डको न्याभसँगै घट्याे लगानी

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्डले २०८० साल वैशाख मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

वैशाख मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) घटेर ९ रुपैयाँ ५७ पैसामा सिमित भएकाे छ । उक्त मूल्य चैत्र मसान्तकाे तुलनामा ३२ पैसाले थाेरै हाे । चैत्र मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य ९ रुपैयाँ ८९ पैसा रहेकाे थियो ।

त्यसैगरी, वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ७१ करोड ६९ लाख ४७ हजार रूपैयाँमा सिमित भएकाे छ । उक्त लगानी चैत्र मसान्तकाे तुलनामा घटेकाे हाे । चैत्र मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ७६ करोड ५१ लाख ७० हजार रुपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, नबिल इक्विटी फण्डले विभिन्न प्रकारका ८० वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । जसमध्ये १७ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, एउटा फाइनान्स कम्पनी, १७ वटा लघुवित्त, ६ वटा जीवन बीमा, १० वटा निर्जीवन बीमा, ८ वटा जलविद्युत कम्पनी, एउटा उत्पादन तथा प्रसाेधन समूहकाे कम्पनी, २ वटा अन्य समूहकाे कम्पनी, एउटा हाेटल तथा पर्यटन समूहकाे कम्पनी, एउटा लगानी समूहकाे, एउटा व्यापार समूहकाे र १३ वटा म्युचुअल फण्ड रहेका छन् । 

फण्डले सार्वजनिक गरेकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

646f0339de3bf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको