Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इक्वीटी फन्डकाे न्याभ बढ्याे, सेयर लगानी कति ?

अर्थ संसार

मंगलबार, १४ मंसिर २०७८, १२ : २० मा प्रकाशित

नबिल इक्वीटी फन्डकाे न्याभ बढ्याे, सेयर लगानी कति ?

नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्डले २०७८ साल कार्तिक मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

कार्तिक मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १३ रुपैयाँ ४८ पैसा पुगेकाे छ । उक्त मूल्य असाेज मसान्तकाे तुलनामा २७ पैसाले बढेकाे हाे । असाेज मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १३ रुपैयाँ २१ पैसा रहेकाे थियो ।

त्यसैगरी, कार्तिक मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी भने १ अर्ब ३३ करोड ८२ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ । उक्त लगानी १ करोड ६ लाख १५ हजार रुपैयाँले थाेरै हाे । असाेज मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब ३४ करोड ८८ लाख ५६ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, नबिल इक्वीटी फण्डले विभिन्न प्रकारका ८१ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

फण्डले सार्वजनिक गरेकाे कार्तिक मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

61a5c70c33ae8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको