Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इक्विटी फण्डको २३ वटा वाणिज्य बैंकमा लगानी, न्याभ कति छ ?

अर्थ संसार

मंगलबार, १५ कार्तिक २०७९, १३ : ३६ मा प्रकाशित

नबिल इक्विटी फण्डको २३ वटा वाणिज्य बैंकमा लगानी, न्याभ कति छ ?

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्डले २०७९ साल असाेज मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

असाेज मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) घटेर ९ रुपैयाँ ९३ पैसामा सिमित भएकाे छ । उक्त मूल्य भदाै मसान्तकाे तुलनामा २२ पैसाले थाेरै हाे । भदाै मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ १५ पैसा रहेकाे थियो ।

त्यसैगरी, असाेज मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी पनि घटेर ८२ करोड ८२ लाख ५० हजार रूपैयाँमा सिमित भएकाे छ । उक्त लगानी भदाै मसान्तकाे तुलनामा घटेकाे हाे । भदाै मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ८५ करोड २३ लाख ९५ हजार रुपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, नबिल इक्विटी फण्डले विभिन्न प्रकारका ९२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । जसमध्ये २३ वटा वाणिज्य बैंक, ५ वटा विकास बैंक, एउटा फाइनान्स कम्पनी, १६ वटा लघुवित्त, ६ वटा जीवन बीमा, ११ वटा निर्जीवन बीमा, ११ वटा जलविद्युत कम्पनी, एउटा उत्पादन तथा प्रसाेधन समूहकाे कम्पनी, एउटा अन्य समूहकाे कम्पनी, एउटा हाेटल तथा पर्यटन समूहकाे कम्पनी, एउटा लगानी समूहकाे, एउटा व्यापार समूहकाे र १२ वटा म्युचुअल फण्ड रहेका छन् । 

फण्डले सार्वजनिक गरेकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

6360d33207827.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको