Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इन्भेष्टमेन्टका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनकाे कति ?

अर्थ संसार

बुधबार, २६ असोज २०७९, १२ : ५८ मा प्रकाशित

नबिल इन्भेष्टमेन्टका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनकाे कति ?

नबिल बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ ले आर्थिक वर्ष २०७८/ ७९ को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेका छन् । 

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडकाे हिजाे (असाेज २५ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड २ का इकाईधनीहरूलाई करसहित ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

दुवै म्युचुअल फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि कार्तिक १८ गते बुकक्लाेज गर्ने निर्णय गरेका छन् । त्यसैले कार्तिक १७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने इकाईधनीहरूले मात्रै याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूचना हेर्नुहाेस् :

634669945ca0a.JPG 6346699480527.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको