Like us!
Follow us!
Connect us!
Watch us!

भायानेटकाे 'बडा दशैंमा, बडा स्पीड, बडा टिभी अफर'

अर्थ संसार

शुक्रबार, १५ असोज २०७८, ११ : ०६ मा प्रकाशित

भायानेटकाे 'बडा दशैंमा, बडा स्पीड, बडा टिभी अफर'

भायानेटले यो बडा दशैंमा आफ्ना ग्राहकहरुलाई उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भायाटिभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चको Mi Android TV मा भारी छुट दिनको लागि "भायानेट बडा दशैंमा, बडा स्पीड, बडा टिभी अफर" ल्याएकाे छ ।

यस अफर अन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पीड इन्टरनेट र १७५ च्यानल भएको भायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पीड पाउन सक्नेछन्।

यसका साथ–साथै भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटिभी प्याकेजसँगै एमआई एण्ड्रोइड टिभी बण्डल गरेको छ । यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टिभीमा २२% सम्म छुट पाउन सक्नेछन् । 

भायानेटले चाडपर्वको अवसरमा घरको लागि प्रायः नयाँ सामान किन्ने चलन र इन्टरनेटको अझ बढी उपयोग गर्ने कुरालाई ध्यानमा राखेर यो अफर अहिले ल्याएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको