Like us!
Follow us!
Connect us!
Watch us!

बजारको करेक्सन कृतिम हो, प्राकृतिक बुल आउनै बाँकी छ

लगानीकर्ताको आवाज

शुक्रबार, १५ असोज २०७८, १४ : २८ मा प्रकाशित

बजारको करेक्सन कृतिम हो, प्राकृतिक बुल आउनै बाँकी छ

सेयर बजारमा निरन्तर भइरहेको करेक्सन कृतिम रहेको लगानीकर्ता एवं सेयर विश्लेषक कञ्चन कृष्ण न्यौपानेले बताएका छन् ।

अर्थ संसारको साप्ताहिक कार्यक्रम लगानीकर्ताको आवाजमा कुराकानी गर्दै उनले बजारको करेक्सन कृतिम रहेको र प्राकृतिक बुल आउनै बाँकी रहेको बताएका हुन् ।

कुराकानी कै क्रममा उनले अहिले नै सेयर बजार बियरिस ट्रेन्डमा नजाने बताएका छन् । उनले २ कारणले गर्दा बजार बियरिस ट्रेन्डमा नजाने बताएका हुन् । उनी भन्छन्, "सर्वप्रथम अहिले लाभांश वितरण गर्ने समय रहेको छ र अर्को आम लगानीकर्ताहरू अहिले नै बजारबाट बाहिर जान नसक्ने हुनाले अहिले नै बजार बियरिस ट्रेन्डमा जाँदैन ।" बजारमा आएर बुलिस ट्रेन्डको स्वाद चाखेका लगानीकर्ताहरू अहिल्यै नै बजारबाट बाहिर ननिस्किने उनको तर्क छ ।

सेयर बजारको वर्तमान अवस्थाका बारेमा कुरा गर्दै उनी भन्छन्, "सेयर बजारमा सधैँ एउटै प्रकारका लगानीकर्ताहरू हुँदैनन् । बजारमा लगानीकर्ताहरूको दुई वटा सोचाई हुन्छ । एक थरी लगानीकर्ताहरूले कम्पनीले वितरण गर्ने प्रतिफलहरू सबै कुराको मूल्याङ्कन गरेर बजार अझमाथि जान्छ भन्ने भविष्य देखिरहेका हुन्छन् । अर्का थरी लगानीकर्ताहरूले जो व्यापारका हिसावले ट्रेडर बनेर आउने गर्दछन् उनीहरूले भने क्यापिटल गेन ट्याक्स मात्र हेर्ने गर्दछन् ।" यी २ थरी लगानीकर्ताहरूबीचको द्वन्द अहिलेको बजारको अवस्था रहेको उनको तर्क छ । कम्पनीको लगानी र कम्पनीले वितरण गर्ने प्रतिफलका हिसावले हेर्दा अहिले तत्काल बजार घटिहाल्नु पर्ने अवस्था नरहेको उनले बताएका छन् ।

लगानीकर्ताहरूको मनोवैज्ञानिक त्रास र राष्ट्र बैंकको १२ करोडको सीमा प्रकरणले गर्दा अहिले प्यानिक सेलले गर्दा बजार घटिरहेको उनी बताउँछन् ।

नियामक निकायहरूले अस्थिर नीति ल्याउँदा लगानीकर्ताहरू सँधै यसको मारमा पर्ने उनले बताए । राष्ट्र बैंकको नीतिको समिक्षा हुनु जरूरी रहेको उनको भनाइ छ । सरकार र नियामक निकायहरू मिली पुँजी बजारमा भइरहेको गलत प्रविधीलाई हटाएर यसको संरक्षण गर्नुपर्ने उनी बताउँछन् ।

नियमनकारी निकायमा आउने पदाधिकारीहरूले बजारको बारेमा आफ्नो सोच बदल्नुपर्ने र बजारको बारेमा आफू सकारात्मक हुनुपर्ने उनले बताएका छन् । प्रतिनिधित्व गर्ने व्यक्तिहरू नै सेयर बजारलाई जुवा घर जसरी लिइरहेका हुनाले यस्तो सोच बदली आम लगानीकर्ताहरूको भावना बुझ्नुपर्ने उनको तर्क छ । सरकारले सेयर बजारलाई अग्रपङ्क्तिमा राख्नुपर्ने जरूरी हुँदा हुँदै पनि साधक हुनुपर्नेहरू बाधक भइरहेका उनले बताए ।

उनै न्यौपानेसँग लगानीकर्ताकाे आवाजमा गरिएकाे कुराकानी तल प्रस्तुत छ : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको