Like us!
Follow us!
Connect us!
Watch us!

विराटनगर र धनगढीमा 'युवासँग-महालक्ष्मी लाईफ' कार्यक्रम सम्पन्न

अर्थ संसार

शुक्रबार, १५ असोज २०७८, १६ : २६ मा प्रकाशित

विराटनगर र धनगढीमा 'युवासँग-महालक्ष्मी लाईफ' कार्यक्रम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवाहरु वीच बीमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले संचालन गरेको'युवा संग- महालक्ष्मी लाईफ' कार्यक्रम विराटनगर र धनगढीमा शुक्रबार सम्पन्न गरेको छ।

सिटी कलेज विराटनगरका प्रिन्सिपल तिर्थ राज घिमिरेको अध्यक्षतामा विराटनगरमा संचालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो । बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटिका संयोजक खडक नारायण उडाउले संचालन गर्नु भएको कार्यक्रममा जागरण अभियानका केन्द्रिय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्व बारेमा प्रकाश पार्नु भयो ।

कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उपक्षेत्रिय प्रमुख हिरा निरौलाले सहभागि युवाहरुलाई प्रशिक्षण दिनु भएको थियो। कार्यक्रम पछि एजेन्सी मेनेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटि गठन गरियो । 

त्यसै गरी आजै धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमीमा पनि ूयुवा संग ( महालक्ष्मी लाईफू बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । कलेजका सहायक क्याम्पस प्रमुख उत्तम सिंह भण्डारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराले बीमा जागरणको महत्व बारेमा प्रकाश पार्नु भयो ।

कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले प्रशिक्षण दिनु भयो । कार्यक्रमको संचालन नायव अधिकृत नरेश बहादुर सिंहले गर्नु भएको थियो । 
 

6156e632d63be.jpg 6156e63486aa8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको