Like us!
Follow us!
Connect us!
Watch us!

मनसुन अझै बाहिरिएन, आज राति प्रदेश १ र २ मा भारी वर्षा हुने

अर्थ संसार

शनिबार, १६ असोज २०७८, ०९ : १४ मा प्रकाशित

मनसुन अझै बाहिरिएन, आज राति प्रदेश १ र २ मा भारी वर्षा हुने

यो वर्ष पनि मनसुन ढिलोगरी बहिरिने भएको छ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो प्रक्षेपण अनुसार आज शनिबार मनसुन बाहिरिनुपर्ने भए पनि मनसुनी प्रभाव कायमै छ । मनसुन कहिले बाहिरिन्छ भनेर यकीन भन्न नसकिने मौसमविदहरूले बताएका छन् । 

शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली छ।  बागमती, गण्डकी, प्रदेश २ र लुम्बिनीका थोरै स्थानमा वर्षा भएको छ ।दिउँसो प्रदेश २ का धेरै र अरू प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र २ का धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ  ।

प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आइतबार प्रदेश १ तथा २ का धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षाको आँकलन गरिएको छ भने प्रदेश २ का एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको