Like us!
Follow us!
Connect us!
Watch us!

बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा, आज प्रदेश १ र २ मा धेरै भारी वर्षा हुने

अर्थ संसार

आइतबार, १७ असोज २०७८, ०७ : ४७ मा प्रकाशित

बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा, आज प्रदेश १ र २ मा धेरै भारी वर्षा हुने

भारतको बिहार तथा आसपासतिर रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ। जसकारण आइतबार बिहान प्रदेश १, २ तथा बाग्मती प्रदेशमा बदली छ।  प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो मुलुकका धेरै स्थानमा वर्षा भइरहेको छ । प्रदेश १, २ र बागमतीका धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

राति प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।

सोमबार मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ, जसमा प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको