Like us!
Follow us!
Connect us!
Watch us!
यी हुन निशुल्क आस्वा सेवा दिने बैंकहरु

निःशुल्क आस्वा सेवा दिन वित्तिय संस्थाको होडबाजी

मंगलबार, ३० जेठ २०७४, १० : ४१ मा प्रकाशित

निःशुल्क आस्वा सेवा दिन वित्तिय संस्थाको होडबाजी

अर्थ संसार ,काठमाडौ – ग्राहक  तान्न हिजोआज बैंकहरुले निःशुल्क आस्वा प्राणली ( धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताको बैंक खातामा खरिद गर्न चाहेको रकम रोक्का गर्ने प्रणाली) ह्वात्तै बढेको छ ।

यसबाट लगानीकर्ता पनि प्रत्यक्ष रुपमा लाभान्वित हुन थालेको छन् । आस्वा प्रणाली निःशुल्क  सेवा प्रदान गर्ने  बैंकहरुमा बैंक अफ काठमाडू लिमिटेड, एनआइसी एसिया बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, एनसीसी बैंक, सिभिल बैंक, नेपाल बङगलादेश बैंक, ओम डेभलपमेन्ट बैंक , कृषि विकास बैंक, र माछापुच्छे बैंक रहेका छन् ।

त्यसै गरी त्यै गरी एस डेभलपमेन्ट बैंक र गुडविल फाइनान्सले पनि आस्वा प्रणालीबाट निःशुल्क सेयर भरिदिने भएका छन् । त्यस्तै  फाइनान्सले सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सि-आस्वामार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था पनि मिलाएको छ । केहीले आस्वा शुल्क घटाएर ५० रुपैयाँ देखि १ रुपैयाँसम्ममा झारिसकेका  छन् ।

प्रभुले १ रुपैयाँमा आस्वा भरिदिने भनेको छ भने इन्भेस्टमेन्ट बैंकले २० रुपैयाँ शुल्क लिने जानकारी दिएको छ । उता, नेपाल बैंकले १० रुपैयाँ शुल्क लिने घोषणा गरेको छ । पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले सबै सार्वजनिक निष्कासनमा आगामी आर्थिक वर्षदेखि लागू हुने गरी आस्वा अनिवार्य गर्न लागेको छ ।

बोर्डको प्रावधान अनुसार आस्वा शुल्क १०० रुपैयाँसम्म लिन पाइनेछ । सेयर भर्दा लाग्ने शुल्क लगानीकर्ताकै खातामा ब्लक गरेर राख्ने प्रणाली हो आस्वा । यसमा सेयर बाँडफाँट भएपछि सेयर परे बराबरको पैसा कटाएर बाँकी लगानीकर्ताकै खातामा फिर्ता दिइन्छ । 

प्रारम्भिक अवस्थामा आस्वा प्रणालीमा प्रतिदरखास्त २५० रुपियाँसम्म सेवा शुल्क लिने सक्ने व्यवस्था रहेकोमा आस्वासम्बन्धी निर्देशकामा संशोधन गरी बोर्डले लिने शुल्क समेत हटाई प्रतिदरखास्ता बढीमा एक सय रुपैयाँ मात्र शुल्क लिन पाउने व्यवस्था गरे पनि शुल्कक घटाई लिने बैंक तथा वित्तीय संस्थाबीच प्रतिस्पर्धा देखिएको छ ।

अधिकांशले संस्थाले सेवा शुल्क रु १० र २५ कायम गरेको छन् भने केही संस्थाले भने केही महिना निक्षेप आफ्नै संस्थामा व्लक भएर रहने लोभमा निशुल्क समेत गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहक अरुतिर नभागुन भनेर धमाधम आस्वा निशुल्क सेवा दिन थालेका छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको