Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको साधारण सभा आउँदै, बुक क्लोज कहिले ?

अर्थ संसार

शनिबार, ०८ कार्तिक २०८२, ०७ : ५४ मा प्रकाशित

सिद्धार्थ बैंकको  साधारण सभा आउँदै, बुक क्लोज कहिले ?

सिद्धार्थ बैंक लिमिटेडको चौबीसौं वार्षिक साधारण सभा  अब निकट आइपुगेको छ।

बैंकले यसअघि नै कात्तिक ३० गते, आइतबार बिहान १० बजे काठमाडौँस्थित आर्मी अफिसर्स क्लब, भद्रकाली मा सभा गर्ने घोषणा गरेको थियो।

बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कात्तिक १७ गते बुकक्लोज गर्नेछ।
यस अनुसार, कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू मात्र सभामा उपस्थित हुन र बैंकले घोषणा गरेको लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

बैंकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कुल ११.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

  • ५% बोनस सेयर

  • ५.५३% नगद लाभांश (करसहित)

यी प्रस्तावहरू AGM बाट पारित भएपछि सेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन्।

लाभांशका अतिरिक्त सभामा यी प्रस्तावहरू पनि रहनेछन् —

  • बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई दिने,

  • नयाँ सञ्चालक नियुक्ति,

  • CSR खर्चको अनुमोदन, र

  • आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको