Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत प्राधिकरणले तार काटेपछि नेट अवरुद्ध, सेवा प्रभावित

अर्थ संसार

आइतबार, १७ असोज २०७८, ११ : ३१ मा प्रकाशित

विद्युत प्राधिकरणले तार काटेपछि नेट अवरुद्ध, सेवा प्रभावित

नेपाल विद्युत प्राधिकरणले पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काटेपछि सेवा प्रदायकले चितवनमा आइतबार नेट सट साउन गरेका छन् । 

पोल भाडा तिरिसकेका सेवा प्रदायकले पनि इन्टरनेट सट डाउन गरेपछि चितवनभर इन्टरनेट अवरुद्ध भएको छ । सरकारी कार्यालयदेखि बैंक तथा वित्तिय संस्थाका सबै सेवा ठप्प भएका छन् । 

सेवा प्रभावित भएपछि प्रमुख जिल्ला अधिकारीे आस्मान तामाङले सेवा प्रदायक र प्राधिकरणका कर्मचारीलाई छलफलका लागि बोलाएका छन् । कुनै पनि बहानामा इन्टरनेट सेवा अवरुद्ध गर्न नहुने भन्दै उनले छलफलबाट सहमति गरी इन्टरनेट सेवा सुचारु गरिने बताए । 

प्राधिकरणको भरतपुर वितरण केन्द्रले शनिबार पोल भाडा नतिर्ने ठूला इन्टरनेट सेवा प्रदायकको तार काटेको थियो । त्यस लगत्तै सेवा प्रदायकका कर्मचारीहरूले विरोध र्‍याली निकालेका थिए । पोल भाडा तिर्ने विषयमा सेवा प्रदायक र प्राधिकरणबीच विवाद रहँदै आएको छ । उनीहरूको विवादमा आम सेवाग्राहीहरू पिल्सिएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको