Like us!
Follow us!
Connect us!
Watch us!

रियलमीको फेस्टिभल अफर, यस दशैँमा अझै उत्साहजनक उपहारको साथमा

अर्थ संसार

आइतबार, १७ असोज २०७८, १५ : ३४ मा प्रकाशित

रियलमीको फेस्टिभल अफर, यस दशैँमा अझै उत्साहजनक उपहारको साथमा

विश्वको अग्रणी स्मार्टफोन ब्राण्ड रियलमीले नेपालीहरुको को महान् चाड दशैँ तिहारको अवसरमा “realme festive days” अफर घोषणा गरेको छ । यो अफर असोज १६ गतेदेखि सुरु भई कार्तिक ३० गते सकिनेछ । यस अफरले रियलमीका नयाँ ग्राहकहरुलाई चाडपर्वको अवसरमा धेरै उपहार जित्ने अवसर प्रदान गर्दैछ । 

यो अफरमा ३ भाग्यशाली रियलमीका ग्राहकहरुले बम्पर पुरस्कार मार्फत Konka 64” 4K TV वाKonka 7KG Front Washing Machine वा realme 8 प्राप्त गर्नेछन् । साथै प्रत्येक हप्ता १२ जना भाग्यशाली ग्राहकहरुले C11 2021 र प्रत्येक दिन १८० जना भाग्यशाली ग्राहकहरुले Konka 1800W Vacuum Cleaner वा Konka 1.8L Deluxe Rice cooker वा Konka 1000W Iron वा Konka 2:1 CH Home Theater speaker जित्ने मौका प्राप्त गर्नेछन् ।

यो अफरमा भाग लिनको लागि नयाँ उपभोक्ताहरुले QR code स्क्यान अथवा realmecampaigns.com मा login गरी त्यहाँ भएको एउटा फारम भरी आफ्नो रियलमी फोनको IMEI नम्बर राख्नुपर्नेछ । यो अफर रियलमीका सबै स्मार्टफोनहरुमा लागु हुनेछ । लक्की ड्र मार्फत Daily Weekly / Bumper विजेताहरु को नाम रियलमीको अफिसियल फेसबुक पेज मार्फत जानकारी गराइनेछ  । यो अफर नेपालमा बसोबास गर्ने सबै नागरिकहरुको लागि खूल्ला गरिएको हो । 

रियलमी एक विश्वस्तरीय कम्पनी भएकोले आफ्ना ग्राहकहरु विशेषगरी युवाहरुलाई लक्षित गरी नवीन उत्पादन बनाउनमा विश्वास राख्दछ । विश्वमा छैँटौ स्थानमा आफ्नो स्थान ओगटिसकेको रियलमीले नेपाली बजारलाई पनि आफ्नो प्राथमिकतामा राखेको छ । नेपालीहरुको महान् पर्व मनाउनको लागि रियलमी ले “रियलमीसँग चाडपर्वहरुको वास्तविक क्षण मनाउनुहोस्” क्याम्पेन आफ्ना उपभोक्ताहरुसँग खुशी बाड्नको लागि सुरु गरेको हो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको