Like us!
Follow us!
Connect us!
Watch us!

इसेवाको चाडपर्व लक्षित अफर : विभिन्न आकर्षक पुरस्कार, बैंकमा निशुल्क रकम ट्रान्स्फर

अर्थ संसार

सोमबार, १८ असोज २०७८, १४ : ०९ मा प्रकाशित

इसेवाको चाडपर्व लक्षित अफर : विभिन्न आकर्षक पुरस्कार, बैंकमा निशुल्क रकम ट्रान्स्फर

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालीहरूको महान चाड दशैँ र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्वजनिक गरेको छ । योजना अनुसार इसेवामार्फत घटस्थापना देखि १० दिनसम्म कुनै पनि बैंकमा निशुल्क रकम ट्रान्स्फर गर्न सकिनेछ । यस्तै बम्पर उपहारमा रू सयमा स्कुटर योजनामा एक जना भाग्शाली विजेताले स्कुटर जित्न सकिनेछ । स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्धारा फिर्ता गरिनेछ ।

यस्तै, साप्ताहिक रूपमा एक जना भाग्यशाली विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन् । सेण्ड मनि दशैँ क्याम्पेनमा ५ सय जनाले रू ५०० र सेण्ड मनि तिहार योजनामा पनि ५ सय जनाले नै रू ५ सय डिजिटल दक्षिणा प्राप्त गर्नेछन् । यस्तै फ्ल्यास् अफर अन्तर्गत मोबाईल रिचार्जमा १० प्रतिशत अथवा रू ५० सम्मको क्यासब्याक पाउन सकिनेछ । यो योजना ४ अक्टोबरदेखि १३ अक्टोबरसम्म लागु हुनेछ । यस्तै एयरलाइन्स् योजनामा दैनिक ३ जनाले रिटर्न टिकट प्राप्त गर्नेछन् भने एक जना भाग्यशाली विजेताले स्कुटर जित्न सक्नेछन् । यो योजना २८ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म लागु हुनेछ । 

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ५० लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख ४० हजार  एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।

इसेवाबाट इन्स्योरेन्सकाे प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको