Like us!
Follow us!
Connect us!
Watch us!

बाग्लुङ र बेनीमा "युवा सँग–महालक्ष्मी लाईफ" कार्यक्रम सम्पन्न

अर्थ संसार

बुधबार, २० असोज २०७८, १४ : ४५ मा प्रकाशित

बाग्लुङ र बेनीमा "युवा सँग–महालक्ष्मी लाईफ" कार्यक्रम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आश्विनको पहिलो हप्ताबाट प्रारम्भ गरेको "युवा सँग—महालक्ष्मी लाईफ" बीमा जागरण राष्ट्रिय अभियान  छोटो अवधिमा व्यापक हुँदै गइरहेको छ । यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङ बजारमा पनि बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत "युवा सँग - महालक्ष्मी लाईफ" कार्यक्रम सम्पन्न भएको छ ।

आज बिहान बेनी सामूदायिक माध्यमिक विद्यालयमा सञ्चालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीहरु सहभागी भएका थिए । प्रधानाध्यापक काशिराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य एजेन्सी म्यानेजर दिलमाया विटालुले राखेकी थिइन् । सावित्रा खत्रीले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । 

त्यसैगरी, हिजो आश्विन १९ गते धौलागिरी बहुमुखि क्याम्पस बागलुङमा पनि "युवा सँग - महालक्ष्मी लाईफ" बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । २५ जना सहभागी भएको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख राम प्रसाद उपाध्यायले गरेका थिए । कम्पनीको बागलुङ कार्यालय प्रमुख विश्वनाथ आचार्यले सञ्चालन गरेका कार्यक्रममा प्रशान्तराज धमला र जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको