Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि सार्वजनिक यातायातलाई रुट परमिट नचाहिने, उत्यकामा चल्ने बस पनि लामो दूरीमा चलाउन सकिने

अर्थ संसार

विहीबार, २१ असोज २०७८, ०८ : ५१ मा प्रकाशित

आजदेखि सार्वजनिक यातायातलाई रुट परमिट नचाहिने, उत्यकामा चल्ने बस पनि लामो दूरीमा चलाउन सकिने

दसैं सुरु भएसँगै सरकारले सार्वजनिक यातायातको रुट परमिट (सडक अनुमति) हटाएको छ । 

दसैंका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउन आज बिहीबारदेखि कोजाग्रत  पूर्णिमासम्म रुट परमिट खुल्ला गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

योसँगै अब यात्रुवाहक सवारीसाधन मुलुकका जुनसुकै ठाउँमा जान सक्नेछन् । त्यसका लागि सरकारसँग रुट परमिट लिनु पर्दैन ।  अब काठमाडौं उपत्यकासहित छोटो दुरीका सवारी साधन पनि लामो दुरीका लागि प्रयोग गर्न सकिन्छ । 

धेरै यात्रु एकैपटक उपत्यका बाहिर जाने भएकोले दसैंमा सवारीसाधन अपुग हुन्छन् । जसकारण रुट परमिट खुल्ला गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको