Like us!
Follow us!
Connect us!
Watch us!

अरुकै भरमा लगानी गर्ने हैन लगानीकर्ताहरूले आफ्नो जिम्मेवारी आफैँले लिनुपर्छ : नवराज दहाल

लगानीकर्ताको आवाज

विहीबार, २१ असोज २०७८, १६ : १४ मा प्रकाशित

सेयर लगानीकर्ताहरूले अरूको भनाई नसुनेर सधैँ आफूले अध्ययन गरेर मात्र लगानी गर्नुपर्ने लगानीकर्ता नवराज दहालले बताएका छन् । 

अर्थ संसारको साप्ताहिक कार्यक्रम लगानीकर्ताको आवाजमा कुराकानी गर्दै उनले लगानीकर्ताहरूले अरुकै भरमा लगानी  नगरेर आफ्नो जिम्मेवारी आफैँले लिनुपर्ने बताएका हुन् । लगानीकर्ताहरूले अर्काको भनाई नसुनेर सधैँ आफूले क्रस चेक गरेर मात्र लगानी गर्नुपर्ने उनले बताए । पछिल्लो समय सेयर बजारमा काका, मामा, माइजुजस्ता विभिन्न नामले छाउने व्यक्तिहरूले लगानीकर्ताहरूलाई बिगारेका उनको आरोप छ । 

पुँजी बजार सजिलो ठाउँ नरहेको उनको भनाई छ । अझ दोश्रो बजारमा त झनै जोखिम हुने उनको तर्क छ । नयाँ लगानीकर्ताहरूले कतिपय कुरा सिक्न र देख्नै बाँकी रहेको बताउँदै उनी सेयर बजारमा ट्रेड गर्न गाह्रो काम रहेको बताउँछन् । 

अहिले सामाजिक सञ्जालको प्रयोग र मिडियाको पहुँचले धेरै हदसम्म मान्छेलाई राम्रो गरेको भएपनि धेरै हदसम्म नराम्रो पनि गरेको उनको तर्क छ । क्लब हाउसमा आफू कुनै पनि स्टकको प्रचार प्रसार गर्नका लागि नभएर आफूले जानेको कुरा अरूलाई सिकाउने उद्देश्यले जाने गरेको भएपनि कतिपय मान्छेहरूले भने यसलाई नराम्ररी हेर्ने उनी बताउँछन् । उनी भन्छन्, "क्लब हाउस भनेको सिक्ने र सिकाउनेको पसल हो । कतिपय मान्छेहरू यो पसलमा ग्राहक खोज्न जाने गर्दछन् ।"

कुराकानी कै क्रममा राष्ट्र बैंकको १२ करोडको सीमा प्रकरणको बारेमा बोल्दै उनले यो बजार घटाउने नीति नभएको बताएका छन् । राष्ट्र बैंकले एकदमै लगानीकर्ताहरूको हितमा रहेको यो नीति ल्याएको उनले बताए । उनी भन्छन्, "कसैलाई काखा र कसैलाई पाखा भनेर यो नीति ल्याइएको हैन । धेरै साथीहरूले राष्ट्र बैंक के हो, राष्ट्र बैंकको जिम्मेवारी के हो, राष्ट्र बैंकले गर्ने के हो त्यो कुरा नबुझिकन यो नीतिको विरोध गरिरहनु भएको छ ।" उनले थपे, "राष्ट्र बैंकले पुँजी बजारलाई अथवा दोश्रो बजारलाई छोको पनि छैन, चलाएको पनि छैन ।" राष्ट्र बैंकको यो ४-१२ को नीतिलाई विषय बनाउनु भनेको लगानीकर्ताहरूको सेन्टिमेन्ट बटुलेर फन्डा चलाउने काम मात्र रहेको उनले बताएका छन् ।

उनी भन्छन्, "बजार घट्नु पनि पर्छ, बजार बढ्नु पनि पर्छ तर बजारलाई बढाइनु र घटाइनु भने हुँदैन ।" अहिले बजार घटेको नभएर घटाइएको उनको विचार छ । अहिले सूचीकृत कम्पनीहरूले बोनस दिने बेलामा कुनै पनि हालतमा बजार घट्ने अवस्था नरहेकोमा लगानीकर्ताहरूलाई ट्य्रापमा पारेर बजार घटाइएको उनी बताउँछन् । बजार घटाउन चलखेल गर्नेहरू धेरै रहेका उनले बताए । नियमनकारी निकाय नै गलत रहेको हुनाले चलखेल गर्नेहरूलाई कसैले रोक्न नसकेको उनले बताएका छन् । जबसम्म सही मान्छे सही ठाउँमा पुग्दैन तबसम्म केही नहुने उनको तर्क छ ।

अहिले कतिपय लगानीकर्ताहरू लुटिएका र लुटाइएका बेलामा पनि सरकारको भने ध्यानाकर्षण नगएको उनी बताउँछन् । 

उनै लगानीकर्ता नवराज दहालसँग गरिएकाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको