Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सिटिजन्स बैंकको सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

अर्थ संसार

शुक्रबार, २२ असोज २०७८, ०७ : ११ मा प्रकाशित

नेप्सेमा सिटिजन्स बैंकको सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन्स बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

बैंकको १२.९१३ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ५२ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले बुधबार अन्तिम कारोबार मूल्य ३ सय ९८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । आईतबार कम्पनीको कारोबार यहि समायोजित मूल्यमा नै खुल्नेछ ।

बैंककले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि आज असोज २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । असोज २१ गते सार्वजनिक बिदा परेको हुनाले असोज २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

615fa042b24c0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको