Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ग्लोबल आईएमइ बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, ०६ : ४६ मा प्रकाशित

नेप्सेमा ग्लोबल आईएमइ बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आईएमई बैंकको सेयरमूल्य समायोजन भएको छ ।

स्टकका अनुसार बैंकको ३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ४४ रूपैयाँ ८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ सय ५१ रूपैयाँ ४० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकले लाभांश पारित गर्न मंसिर २३ गतेका लागि साधारण सभा डाकेको छ । सभा सिलभर ओक ब्याङक्वेट, काठमाडौंमा हुने कम्पनीले जानकारी दिएको हो ।

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीका सेयरधनीहरूलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी १०.६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको