Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सिद्धार्थ बैंकसहित ४ कम्पनीको सेयरमूल्य समायोजन, समायोजनपछि कुनको मूल्य कति ?

अर्थ संसार

आइतबार, १८ पुस २०७८, ०६ : ३७ मा प्रकाशित

नेप्सेमा सिद्धार्थ बैंकसहित ४ कम्पनीको सेयरमूल्य समायोजन, समायोजनपछि कुनको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (पौष १८ गते, आईतबार) विभिन्न ४ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सिद्धार्थ बैंक लिमिटेड, सेन्ट्रल फाइनान्स र आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्तको सेयरमूल्य समायोजन भएको हो ।

सिद्धार्थ बैंक लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ६ रूपैयाँ १३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ६४ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

सेन्ट्रल फाइनान्सको ७.७० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ८२ रूपैयाँ ०८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ११ रूपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ४३ रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ३ सय ७२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी, आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ९० रूपैयाँ ७६ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य ४ सय ६५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । यो कम्पनी मर्जर प्रक्रियामा रहेकाले लामो समयदेखि यसको दोस्रो बजार कारोबार रोक्का छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको