Like us!
Follow us!
Connect us!
Watch us!

दशैँ तिहारको बिदामा टेलिकमका ग्राहक सेवा केन्द्र खुल्ला नै रहने

अर्थ संसार

आइतबार, २४ असोज २०७८, ०७ : ०५ मा प्रकाशित

दशैँ तिहारको बिदामा टेलिकमका ग्राहक सेवा केन्द्र खुल्ला नै रहने

नेपाल टेलिकमका ग्राहक सेवा केन्द्र विजया दशमी तथा शुभदिपावलीको बिदामा पनि खुला रहने भएका छन् ।

टेलिकमको महसुल भुक्तानी तथा नयाँ सिमसँगै परिवर्तनका लागि ग्राहक सेवा केन्द्रका काउन्टर खुला नै रहने जानकारी दिइएको छ ।

टेलिकम, प्रादेशिक निर्देशनालय बागमतीले जारी गरेको सूचना अनुसार दूरसञ्चार कार्यालय सुन्धारा, चाबहिल, गोंगबु, पाटन, ठिमी, बनेपा, बाह्रबिसे, चरिकोट, मन्थली, सिन्धुली, हेटौडा, भरतपुर र धादिङमा रहेका काउन्टर दसैंतिहार बिदामा पनि खुला रहनेछन् ।

ती काउन्टर २७ र २८ असोज तथा १९ कात्तिकमा पनि खुला रहनेछन् । यद्यपि, साे अधिमा बिहान ११ देखि दिउँसो २ बजेसम्म मात्र सेवा सञ्चालन हुने टेलिकमले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको