Like us!
Follow us!
Connect us!
Watch us!

नवरात्रीमा नबिलसँग नवलगानी

अर्थ संसार

आइतबार, २४ असोज २०७८, १२ : ३३ मा प्रकाशित

नवरात्रीमा नबिलसँग नवलगानी

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले २०७८ सालको बडा दशैंको उपलक्ष्यमा सेयर बजारमा प्रवेश गर्न चाहने नव लगानीकर्ताहरुलाई लक्षित गरी नवलगानी याेजना ल्याएकाे छ ।

जस अनुसार आफुले घटीमा ९ लाख रुपैयाँबाट नवप्रवेशी लगानी व्यवस्थापन सेवा प्राप्त गरेमा प्रथम नौ (९)  महिनाको लागि वार्षिक सेवा शुल्क वापतको रकम निःशुल्क गर्नुका साथै बाँकी अवधिका लागि वार्षिक सेवा शुल्क वापत मात्र ०.९ प्रतिशत लिईनेछ । यस्तो सेवा प्राप्त गरेवापत लगानी रकमको ९ प्रतिशतसम्म फाईदा भएमा सो भन्दा माथिको नाफामा ९ प्रतिशतका दरले पर्फमेन्स शुल्क (Performance Fee) कम्पनीले लगाउनेछ । घटीमा ३ वर्षको लागि लकिंग हुने यस्तो रकम सेवा प्राप्त गर्दा गर्दै सेवाग्राहीलाई बिचैमा रकम झिक्नु पर्ने अवस्था आएमा ०.९ प्रतिशतले नै हुन आउने शुल्क तिरी बाहिरीन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले आफ्नो फाईदा रकम जुनसुकै बेला बिना कुनै शुल्क झिक्न सक्नेछन् । 

नवरात्रीको अवसर पारेर लगानीदेखि मुनाफासम्म सबै ९ प्रतिशतदेखि ०.९ प्रतिशतसम्मको शुल्क निर्धारण गरेको यो सेवा नव लगानीकर्ताहरुको लागि आम्दानीको एउटा राम्रो स्रोत हुनसक्ने देखिन्छ भने विद्यमान लगानीकर्ताहरु तथा  विभिन्न व्यवसायमा रहेका व्यवसायीहरु र सेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसकेका लगानीकर्ताहरुलाई यो सेवा फलदायी हुने कम्पनी जनाएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको