नबिल बैंकले 'नयाँ लुगा' नामक दशैंको भिडियो सार्वजनिक गरेको छ । यस नयाँ भिडियो नेपालीहरुको महान चाड दशैँ मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाउँ फर्कने कथामा आधारित छ । यो कथा आम नेपालीहरुको आत्मकथा पनि रहेको बैंकले जनाएको छ ।
भिडियोमा एक जना बाबा शहरमा जागिर गर्दछन्, घरबाट छोरीको फोन आउँदछ, दशैँमा नयाँ कपडा ल्याइदिनु भनेर र उनी छोरी एवं श्रीमतीको खुशीका निम्ती दशैँ किनमेल गरेर गाउँ फर्किन्छन् । फर्किदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनी खुशीको लागि उनी रात भरी हिंडेर गाउ पुग्दछन् । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
घर पुग्दा छोरी, आमा अनी छोरीको साथी समेत सबै जना खुशी भई दशैं मनाउने तयारी गर्दछन् र अब जागिर खान शहर जाने होइन, गाउँमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ ।
यसैगरी दशैंको यस भिडियोले सकभर दशैंमा आफ्नो परिवार सँग भेटी सुरक्षित साथ खुशी साटासाट गरौ भन्ने सन्देश दिएको छ। यस भिडियोले सबैको मन जित्नेछ भन्ने अपेक्षा बैंकले लिएको छ ।
भिडियो हेर्नुहोस् :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस