Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश संशोधन, शेयरधनीलाई अब बोनस पनि

अर्थ संसार

सोमबार, २५ असोज २०७८, १० : ५१ मा प्रकाशित

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश संशोधन, शेयरधनीलाई अब बोनस पनि

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले घोषणा गरेको लाभांश संशाेधन भएकाे छ  ।

नेपाल राष्ट्र बैंककाे निर्देशन अनुसार बैंककाे हिजाे असाेज २४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले ८  प्रतिशतले हुन आउने १ अर्ब ६० करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ८ करोड ४२ लाख १० हजार ५ सय २७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

यसअघि बैंककाे असाेज ४ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6163c7ad62456.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको