Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्राेपावरकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार

सोमबार, ०१ कार्तिक २०७८, ११ : ०० मा प्रकाशित

रिडी हाइड्राेपावरकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

रिडी हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (कार्तिक १ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि (कार्तिक २ गते, मंगलबार) बुकक्लाेज गर्ने भएकाे छ । त्यसैले, आज (कार्तिक १ गते, साेमबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न तथा साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीकाे बीसाैँ वार्षिक साधारण सभा कार्तिक १२ गते हुँदैछ । सभामा कम्पनीको असोज १४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको