Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, हेर्नुस् कुन खातामा कति ब्याज ?

अर्थ संसार

सोमबार, ०१ कार्तिक २०७८, १२ : ४१ मा प्रकाशित

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, हेर्नुस् कुन खातामा कति ब्याज ?

नबिल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आज (कार्तिक १ गते, साेमबार) बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ४.२६ प्रतिशतदेखि अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ न्यूनतम ६.५१ प्रतिशतदेखि अधिकतम ८.७६ प्रतिशतसम्म तोकिएको छ ।

यस्तै, संस्थागततर्फ बैंकको मुद्दति निक्षेपको ब्याज अधिकतम ९.२६ प्रतिशतसम्म तोकिएको छ ।

बैंकले विभिन्न कर्जा न्यूनतम ०.५ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउने भएकाे छ । 

त्यस्तै, प्रकाशित भएकाे नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ६ प्रतिशत रहेको छ । 

बैंकले प्रकाशन गरेकाे नयाँ ब्याजदर यस प्रकारकाे छ :

616d1ba0331d5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको