Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको नयाँ शाखा खुसिबुमा

अर्थ संसार

मंगलबार, ०२ कार्तिक २०७८, १० : ४५ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको नयाँ शाखा खुसिबुमा

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडाैँ जिल्ला काठमाडाैँ महानगरपालिका –१७, खुसिबुमा हिजाे कार्तिक १ गते सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ ।

त्यसैगरी बैंकले हिजैबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका –२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ । यस अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहनेछ ।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २६ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको