Like us!
Follow us!
Connect us!
Watch us!

रैराङ हाइड्रोपावरकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार

बुधबार, ०३ कार्तिक २०७८, ०७ : ४१ मा प्रकाशित

रैराङ हाइड्रोपावरकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (कार्तिक ३ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । 

कम्पनीले अठारौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कार्तिक ४ गते बिहीबार एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (कार्तिक ३ गते, बुधबार) सम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई दाखिल खारेजका लागि प्राप्त शेयरहरुबाट कायम रहेका शेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुनेछन्।

 कम्पनीको असाेज २४ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको अठारौं वार्षिक साधारण सभा  कार्तिक १७ गते, बुधबार, कम्पनीको केन्द्रिय कार्यालय थापाथली, काठमाडौंमा जुमकाे माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ । 

कम्पनीले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पारित गर्नेछ ।

सभाले विगतका साधारण सभाहरुबाट समेत निर्णय गरे अनुरुप यस रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडलाई रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडमा गाभीने/समाहीत हुने (Merger) प्रस्ताव पारित गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको