Like us!
Follow us!
Connect us!
Watch us!

४३ प्रतिशतले बढ्याे रैराङ हाइड्रोपावरकाे नाफा, ईपीएस कति ?

अर्थ संसार

शुक्रबार, २३ बैशाख २०७९, १२ : ०७ मा प्रकाशित

४३ प्रतिशतले बढ्याे रैराङ हाइड्रोपावरकाे नाफा, ईपीएस कति ?

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले ५ करोड ४९ लाख ७८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षको तुलनामा ४२.७२ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा कम्पनीले ३ करोड ८५ लाख २१ हजार रूपैयाँ नाफा कमाएकाे थियो।

समिक्षा अवधिसम्म कम्पनीकाे विद्युत बिक्रीबाट हुने आम्दानी पनि २०.८० प्रतिशतले बढेर २० करोड ५६ लाख ७३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीकाे विद्युत बिक्री आम्दानी १७ कराेड २ लाख ४८ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ५६ करोड रुपैयाँ र जगेडा कोषमा ५ करोड ७८ लाख ९८ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) १३ रुपैयाँ ९ पैसा र प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ३४ पैसा रहेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

6274c1a1634a3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको