Like us!
Follow us!
Connect us!
Watch us!

सेयर खरिदबिक्री गर्दा के कुरा हेर्ने ? विश्लेषक कञ्चन कृष्ण न्यौपानेको टिप्स

लगानीकर्ताको आवाज

बुधबार, ०३ कार्तिक २०७८, १२ : २९ मा प्रकाशित

आफूले सेयर खरिदबिक्री गर्दा सधैँ समग्र इन्डेक्स भन्दा पनि कम्पनीको मूल्य हेर्ने गरेको बताउछन् लगानीकर्ता एवं सेयर विश्लेषक कञ्चन कृष्ण न्यौपाने। उनी भन्छन्, "कुनै कम्पनी इन्डेक्स माथि हुँदा पनि मूल्य तल हुन्छ । कुनै इन्डेक्स तल हुँदा पनि मूल्य माथि हुन्छ । त्यसैले म सधैँ कम्पनीकाे मूल्य हेरेर लगानी गर्छु ।" 

लगानीकर्ताहरूले कुनै पनि कम्पनीको सेयर खरिद गर्नुअघि कम्पनीको वित्तीय अवस्था, कम्पनीको लाभांश इतिहास, कम्पनीको वृद्धि तथा विकास, कम्पनीको व्यवस्थापन, सुशासन लगायतका विभिन्न कुरामा ध्यान दिनुपर्ने उनको सुझाव छ । लगानीकर्ताहरूले कम्पनीका यस्ता कुराहरूलाई लगानीको आधार बनाउनुपर्ने उनको भनाई छ ।

विगतमा म्यानिपुलेसन (Manipulation) गरेर लगानीकर्ताहरूलाई प्रताणित बनाउने कम्पनीहरूबाट भने लगानीकर्ताहरू सचेत हुनुपर्ने बताउँछन् उनी । 

लगानीकर्ताहरूले आकर्षक प्रतिफल वितरण गर्ने राम्रा कम्पनीहरू छनोट गरी होल्ड गरेर बस्दा राम्रो हुने उनको अनुभव छ । आफूले सधैँ दिर्घकालिन लगानीमा विश्वास गर्ने बताउँछन् उनी । लामो समयका लागि होल्ड गरेर बस्दा कम्पनीले वितरण गर्ने बोनस तथा निष्कासन गर्ने हकप्रदबाट आफूलाई फाइदा हुने उनको तर्क छ । यस्ता कम्पनी बैंकमा राखेर ॠण लिँदा पनि सहज हुने उनको धारणा छ । 

बजारमा चल्ने हल्लाको पछाडि कहिल्यै पनि दौडन नहुने पनि लगानीकर्ताहरूलाई उनको सुझाव छ । हल्लाको भरमा भन्दा पनि आफूले अध्ययन र विश्लेषण गरेर लगानी गर्नुपर्ने उनले बताएका छन् । अरूको कुरा सुनेर लगानी गर्दा आफ्नो लगानी डुब्ने जोखिम हुने उनी बताउँछन् ।

आम लगानीकर्ताहरूले सधैँ कम्पनीको वित्तीय अवस्थाले राम्रो प्रतिफल दिन्छ भन्ने देखाउँछ भने त्यो कम्पनीको सेयर राख्नुपर्ने उनले बताए । लगानीकर्ताहरूले सेक्टरको आधारमा भन्दा पनि कम्पनी अनुसार लगानी गर्नु उपयुक्त हुने उनी बताउँछन् । कहिलेकाँही एउटा सेक्टर बढ्दा पनि त्यो सेक्टरभित्रका कतिपय कम्पनीहरूको मूल्य भने नबढ्ने हुँदा सेक्टरको आधारमा मात्र लगानी गर्न नहुँने उनको सुझाव छ ।

माइनस नेटवर्थ भएका र उछालिएर मूल्य बढेका कम्पनीहरूको सेयर पनि नकिन्न उनले लगानीकर्ताहरूलाई सल्लाह दिएका छन् । यस्तो लगानी क्षणिक हुने उनको विचार छ । घट्दो बजारमा राम्रा कम्पनी किनेर होल्ड गरेर बस्न लगानीकर्ताहरूलाई उनले सुझाव दिएका छन् । 

आफू ट्रेडिङ्गमा भन्दा पनि दिर्घकालिन लगानीमा विश्वास गर्ने उनी बताउँछन् र उनि आम लगानीकर्ताहरलाई पनि यही सुझाव दिन्छन् । लगानीको ठूलो हिस्सा राम्रा प्रतिफल दिने कम्पनीमा लगाउँदा बजार घट्दा पनि धेरै त्रसित हुनुपर्ने अवस्था नआउने उनकाे तर्क छ । आफ्नो २५ वर्षदेखिको लगानीको अनुभवमा अल्पकालिन लगानीले भन्दा पनि दिर्घकालिन लगानीले जितेको उनले बताए । यसको लागि लगानीकर्ताले सही कम्पनी भने छान्न सक्नुपर्ने उनी बताउँछन् । 

लगानीकर्ताहरूले सही समयमा किन्न र सही समयमा बेच्न सक्नुपर्ने उनले सुझाव दिएका छन् । बजार घट्दा आत्तिएर सेयर बेच्दा घाटा व्यहोर्नुपर्ने हुँदा सही समय चिन्न सक्नुपर्ने उनकाे सुझाव छ ।

भिडियाे पनि हेर्नुहाेस् :


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको