Like us!
Follow us!
Connect us!
Watch us!

अत्तरिया-चमेलिया प्रसारण लाइन सञ्चालनमा, विद्युत आपूर्ति सूचारु

अर्थ संसार

विहीबार, ०४ कार्तिक २०७८, १६ : ०६ मा प्रकाशित

अत्तरिया-चमेलिया प्रसारण लाइन सञ्चालनमा, विद्युत आपूर्ति सूचारु

अविरल वर्षापछि सेवा अवरुद्ध भएको अत्तरिया (कैलाली)–चमेलिया (दार्चुला) १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । 

तीन दिनको वर्षाले विभिन्न स्थानमा रुख ढल्दा भएको अवरोधलाई हटाएर बिहीबारबाट प्रसारण लाइन सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

प्रसारण लाइन सञ्चालनमा आएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा पर्ने अधिकांश भागमा विद्युत आपूर्ति सूचारु भएको छ ।

तीन दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा टेलिफोन तथा विजुली सेवा अवरुद्ध भएको थियो ।

बाढी पहिरोको सूचना समयमै नपाउँदा पीडितलाई उद्धार गर्न सकिएको थिएन । समयमै उद्धार गर्न नसक्दा थप जनधनको क्षति व्यहोर्न परेको स्थानीय प्रशासनले जनाएको छ । 

तर, अवरोधलाई हटाएर विजुली तथा टेलिफोन सेवा सूचारु भएसँगै जनजीवन सामान्य बन्दै गएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको