Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तको नाफामा उछाल, ३७ रुपैयाँले बढ्यो प्रतिसेयर आम्दानी

अर्थ संसार

विहीबार, ११ कार्तिक २०७८, ०६ : ३३ मा प्रकाशित

मिर्मिरे लघुवित्तको नाफामा उछाल, ३७ रुपैयाँले बढ्यो प्रतिसेयर आम्दानी

मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार संस्थाको मुनाफामा बृद्धि आएको छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ६ करोड ३७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १९३.३३ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले २ करोड १७ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि १९३.३३ प्रतिशतले बढेर १० करोड १२ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ३ करोड ४५ लाख रूपैयाँमा सिमित रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ११५.७१ प्रतिशतले बढेर १३ करोड ३३ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ४३ करोड ५० लाख रुपैयाँ र जगेडा कोषमा ४१ करोड १७ लाख रुपैयाँ रहेको छ । 

समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५८ रुपैयाँ ६२ पैसा छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ३७.०१ रुपैयाँले बढि हो । त्यस्तै प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ६५ पैसा रहेको छ   भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) २५.७४ गुणा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

6179f41398868.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको