Like us!
Follow us!
Connect us!
Watch us!

मास्क बिनाकाे पाेखरा (फाेटाे कथा)

अर्थ संसार

विहीबार, ११ कार्तिक २०७८, १५ : ४८ मा प्रकाशित

मास्क बिनाकाे पाेखरा (फाेटाे कथा)

दशैँ र तिहार बीचको समय भनेको धेरै व्यक्तिहरूको घुम्न निस्किने समय हो । पछिल्लो समय दशैँ बीदामा आफ्ना परिवार तथा साथी भाईहरूसँग घुम्न जाने प्रचलन पनि बढेको छ । यतिबेलाको मौसम पनि घुम्न लायक हुन्छ । न धेरै जाडो हुने न धेरै गर्मी यो मौसम घुम्नलाई उपयुक्त मानिन्छ ।

हरेक व्यक्तिलाई नयाँ नयाँ ठाउँ घुम्न मन पर्दछ । नियमित एउटै दिनचर्याले आजित भएका व्यक्तिहरू आफ्नो दिनचर्या केही परिवर्तन गर्न भएपनि घुम्न निस्कने गर्दछन् । यो समय प्राय व्यक्तिहरूको कार्यालय बिदा हुने समय पनि भएको हुनाले अहिले अधिकांश पर्यटकिय स्थलहरूमा आन्तरिक पर्यटकको घुँइचो लाग्ने गर्दछ ।

पर्यटकिय स्थलहरूकै कुरा गर्नुपर्दा नेपालको चर्चित पर्यटकिय गन्तव्यहरूमध्येको एक हो पोखरा । प्राकृतिक सम्पदाले भरिपूर्ण पोखरामा विदेशी पर्यटकहरूमात्र नभएर नेपाली पर्यटकहरूको पनि घुँइचो लाग्ने गर्दछ । पोखरालाई नेपालको पर्यटकीय राजधानी पनि भनिन्छ । आँखै अगाडि टलक्क टल्किएको देखिने माछापुच्छ्रे हिमाल, वरीपरी कञ्चन पानी भएका ताल तलैयाहरू, आकाशमा फनफनी उडीरहने प्याराग्लाइडिङ, मठ मन्दिर र गुफाहरू, सफा सहर र त्यहाँको रमणीय वातावरण देखेर पोखरा गएपछि जो कोही व्यक्तिको मन रोमाञ्चित र मन्त्रमुग्ध हुन्छ ।

पछिल्लो २ वर्षदेखि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्व नै प्रभावित भएको छ । झन् पर्यटकिय क्षेत्रमा त कोरोनाले ठूलो प्रभाव पारेको छ । नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । कोरोनाकै कारण नेपालमा पनि लामो समय लकडाउन भयो । अहिले भने संक्रमण दर घटेको हुनाले लकडाउन पनि हटेको छ । संक्रमण दर घटेको भएपनि जोखिम अझै कायम रहेको हुनाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न नागरिकहरूलाई बारम्बार सचेत गराइरहेको छ ।

पर्यटकिय गन्तव्यहरूमा त झनै संकमणको जोखिम हुने गर्दछ । तर पनि नेपालको मुख्य पर्यटकिय स्थल पोखरामा भने स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गरिएको देखिएन । सामाजिक दुरी त टाढाको कुरा भयो पोखरामा मास्क लगाएर हिँड्ने व्यक्तिहरूलाई पनि हातको औँलामा गन्न मिल्दथ्यो । भिडभाड हुने स्थानमा पनि मानिसहरु भने समान्य बेलामा जस्तै मास्क नलगाएकै अवस्थामा देखिन्थे । 

सरकारले ताेकेकाे स्वास्थ्य सुरक्षाका मापदण्डहरू त्यहाँ पालना गरिएकाे देखिएन । मानिसहरू निर्धक्कले मास्क बिनै हिँडिरहेका थिए । त्यहाँको दृश्य हेर्दा लाग्थ्यो की त्यहाँ हुने व्यक्तिहरूले कोरोना भन्ने शब्द नै बिर्सिसकेका छन् ।

पाेखरामा मास्क बिना देखिएकाे केही दृश्यहरू तस्विरमा कैद गरिएकाे छ : 

617a78505bdff.jpg 617a785072e38.jpg 617a7853a4213.jpg 617a7853d471f.jpg 617a7855eeba9.jpg 617a7856de621.jpg 617a7858538af.jpg 617a7859effc0.jpg 617a785a385f7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको