Like us!
Follow us!
Connect us!
Watch us!

दिल्लीमा मास्क अनिवार्य, नियम उल्लंघन गर्नेलाई ५०० जरिवाना

अर्थ संसार

विहीबार, ०८ बैशाख २०७९, ०७ : ३९ मा प्रकाशित

दिल्लीमा मास्क अनिवार्य, नियम उल्लंघन गर्नेलाई ५०० जरिवाना

भारतको राजधानी नयाँ दिल्लीमा फेरिे मास्क अनिवार्य गरिएको छ । कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो । मास्क नलगाउनेलाई ५०० भारु जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले जनाएको छ ।

तर, स्कुलहरू बन्द गर्ने र सामाजिक जमघटमा भने प्रतिबन्ध लगाइएको छैन् । बुधबार भारतमा ६३२ जना नयाँ संक्रमित देखिएका थिए । कूल संक्रमितमध्ये ५०१ जना नयाँ दिल्लीका छन् । संक्रमण दर ४ दशमलब ४२ प्रतिशत रहेको थियो । मंगलबार दिल्लीमा दैनिक संक्रमितको संख्या २६ प्रतिशतले बढेको थियो ।

 कोरोना महामारी सुरु भएदेखिअहिलेसम्म भारतमा ५ लाख २२ हजार जनाको मृत्यु भएको छ ।  भारतमा अहिलेसम्म कुल ४ करोड २५ लाख १३ हजार २४८ जना संक्रमणमुक्त भएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको