Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिण कोरियामा कोस्क : मास्क नै नलगाउनुभन्दा नाक मात्रै ढाके पनि राम्रो

अर्थ संसार

सोमबार, २४ माघ २०७८, १२ : २७ मा प्रकाशित

दक्षिण कोरियामा कोस्क : मास्क नै नलगाउनुभन्दा नाक मात्रै ढाके पनि राम्रो

दक्षिण कोरियामा पछिल्लो पटक अनौठो मास्क चलनमा आएको छ, जुन परम्परागत फेस मास्कभन्दा बिलकुल फरक छ । पछिल्लो समयमा प्रचलनमा आएको मास्कले नाक र मुखकोसट्टा नाक मात्र ढाक्छ । नयाँ मास्कलाई कोस्क नाम दिइएको छ । ‘को’ र मास्कलाई जोडेर कोस्क नाम दिइएको हो । कोरियाली भाषामा कोको अर्थ नाक भन्ने बुझिन्छ । दक्षिण कोरियाली कम्पनी अटमानले बिक्री गरेको सो अस्वभाविक मास्कमा लगाउने मानिसको मुख नढाक्ने गरी बनाइएको छ । 

खानेकुरा खाँदा कोभिडविरुद्ध कुनै तहबाट जोगिने उदेश्यले सो मास्क डिजाइन गरिएको देखिन्छ । नयाँ मास्क (कोस्क) जुनसुकै बेला नाक मात्र छोपेर लगाउन सकिन्छ । दक्षिण कोरियामा मात्र उपलब्ध हुने र नाक मात्र ढाक्ने कोस्कको अस्वभाविक लहरले पश्चिमा देशहरुमा एक खालको विवाद ल्याएको छ । कसैले यसलाई काम नलाग्ने सामान भनेका छन् । 

‘नाकमुनि मास्क लगाउने मानिसका लागि यो मास्क भिन्न देखिदैंन,’ एक जना ट्विटर प्रयोगकर्ताले कोस्कबारे  टिप्पणी गर्दै लेखेका छन् । 

अर्का एक प्रयोगकर्ताले ‘अर्को तहको मूर्खता,’ भन्दै टिप्पणी गरेका छन् । अध्ययनहरुले यो पनि देखाएका छन् की नाक हाम्रो शरीरमा कोभिड भाइरस प्रवेश गर्ने सबैभन्दा सजिलो मार्ग हो । र, केही स्वास्थ्य विज्ञहरुको यो पनि विश्वास छ की मास्क नै नलगाउनु भन्दा नाक मात्र ढाक्ने मास्क लगाउनु उचित हुन्छ । 

‘सम्भवत यसले सामान्य भिन्नता राख्छ,’ डिकिन्स इन्स्टिच्युट फर हेल्थ ट्रान्सफर्मेसनका प्राध्यापक क्याथरिन बेन्नेटले भने । मास्क बनाउने तरिका अनौठो भएको उनले टिप्प्णी गरेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको