Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर तथा औषधी, मास्क वितरण हुँदै

अर्थ संसार

विहीबार, २० माघ २०७८, ११ : १२ मा प्रकाशित

एभरेष्ट अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर तथा औषधी, मास्क वितरण हुँदै

काठमाडौँको नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर तथा औषधि, मास्क वितरण कार्यक्रम हुने भएको छ । लायन्स क्लब अफ काठमाडौँ एभरेष्ट निम्सको सहकार्यमा अस्पतालमा शुक्रबार उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो ।   

निशुल्क स्वास्थ्य शिविर कार्यक्रम एभरेष्ट अस्पताल, आयान हेल्थ केयर प्राइभेट लिमिटेड र अनमोल हेल्थ केयरको सहयोगमा सञ्चालन गर्नेछन् । उक्त शिविर एभरेष्ट अस्पतालमा शुक्रबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । 

शिविरमा विशेषज्ञ चिकित्सकहरु डा. राम नारायण शाह, डा. निवेश पौडेल र डा. सरोज गौडेल ले नि:शुल्क स्वास्थ्य परिक्षण गर्नेछन् । साथै, ल्याबमा पनि ३० प्रतिशत छुट दिइनेछ भने फार्मेसीमा १० प्रतिशत र अन्यमा ३० प्रतिशत छुट दिने समेत अस्पतालले जनाएको छ । 

त्यस्तै, कोभिड पछाडी हल्का ज्वरो आए जस्तो हुने, अल्छी लाग्ने, छिटो थकानको महसुस हुनु, हल्का खोकी हुनु, हल्का टाउको दुख्नु, बढी भोक लाग्नु र भोक लाग्दै नलाग्ने, निद्रा नलाग्ने जस्ता लक्षण भएकाले पनि शिविरमा स्वास्थ्य परिक्षण गराउने सक्ने अस्पतालले जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको