Like us!
Follow us!
Connect us!
Watch us!

फेसबुकले गर्‍यो नाम परिवर्तन

अर्थ संसार

शुक्रबार, १२ कार्तिक २०७८, ०८ : ५१ मा प्रकाशित

फेसबुकले गर्‍यो नाम परिवर्तन

फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरवर्गले कम्पनीले नाम परिवर्तन गरेर मेटा राखिएको जानाकारी दिए । मेटार्भसमा जोड दिने उदेश्यले कम्पनीको नाम पनि परिवर्तन गरेको उनले बताए । ‘आजदेखि हामी मेटार्भस हुँदैछौं, फेसबुक होइन्,’ बिहीबार कम्पनीको बार्षिक सम्मेलनलाई सम्बोधन गर्दै जुकरवर्गले भने । 

‘हाम्रो ब्रान्ड यति दृढ रुपमा एउटा उत्पादनसँग सम्बन्धित छ की यसले हामीले आज गरेका सबैकुरा प्रतिनिधित्व गर्न सम्भव हुँदैन । यो सबै भविष्यलाई छोड्दिउँ,’ उनले भने । 

फेसबुकको लक्ष्य डिजिटल अवतारमार्फत मानिसहरुले छलफल गर्ने भर्चुवल क्षेत्रलाई विस्तार गर्ने भए पनि कम्पनीले तत्कालै आफ्नो कार्पेरेट संरचनामा भने कुनै परिवर्तन नगर्ने भएको छ । 

कम्पनीले आफ्नो टिकर संकेत एमभीआरएसमा व्यापार गर्ने भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको