Like us!
Follow us!
Connect us!
Watch us!

२८ हजार ऋण तिर्न टर्चर दिएको भन्दै फेसबुक लाइभमा आएर आत्महत्या प्रयास

अर्थ संसार

शनिबार, ०९ मंसिर २०८०, २१ : १४ मा प्रकाशित

२८ हजार ऋण तिर्न टर्चर दिएको भन्दै फेसबुक लाइभमा आएर आत्महत्या प्रयास

काठमाडौंको ताहाचलमा २८ हजार ऋण तिर्न टर्चर दिएको भन्दै फेसबुक लाइभमा आएर एक व्यक्तिले आत्महत्या प्रयास गरेका छन् ।

शनिबार साँझ साढे ६ मिनेटको लाइभमा उनले दुई वर्षअघि मोरङ अटो वर्कशपमा बाइक किनेको र सो बाइकको किस्ता तिर्न टर्चर आएको बताएका थिए । बाइक किन्दाको २८ हजार किस्ता नतिरे बाइक पनि लैजाने घर पनि लिलाम गर्ने भनेर टर्चर दिएको उनले बताए । पहिले बाइक किन्दा ८ प्रतिशत रहेको ब्याज अहिले १८ प्रतिशत पुर्याइएको र २ लाख १५ हजारमा किनेको बाइकको ४ लाख ५४ हजार किस्ता तिरिसकेको पनि उनले बताएका थिए ।

लाइभमै पासो लगाई आत्महत्या गर्न लागेको अवस्थामा उनको उद्धार गरिएको प्रहरीले जनाएको छ । उनले दुर्गा प्रसाईंको अभियान सही रहेको समेत उल्लेख गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको