प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध उभिएका सर्वाेच्च अदालतका न्यायाधीशले इजलास बहिस्कारलाई निरन्तरता राख्ने भएका छन् ।
प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू आज पनि आन्तरिक छलफलमा रहने एक न्यायाधीशले जानकारी दिए ।
न्यायाधीशहरू यसअघि प्रधानन्यायाधीशले तोकका पेसी र इजलासमा बसेका छैनन ।
तर, आफू पक्षीय केही न्यायाधीशसहित इजलासमा जाने रणनीतिमा प्रधानन्यायाधीश छन् । जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनको बैठक पनि आज बस्दैछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस