Like us!
Follow us!
Connect us!
Watch us!

रहेनन् कन्नड स्टार पुनित

अर्थ संसार

शुक्रबार, १२ कार्तिक २०७८, १६ : ०५ मा प्रकाशित

रहेनन् कन्नड स्टार पुनित

कन्नड सुपरस्टार अभिनेता पुनित राजकुमारको हृदयघातका कारण निधन भएको छ । उनको निधन ४६ वर्षको उमेरमा बैंगलुरूस्थित बिक्रम हस्पिटलमा बिहीबार भएको हो ।

जिममा रहेका पुनित अचानक ढलेपछि उनलाई तत्काल हस्पिटल लगिएको थियो । उनको उपचारमा संलग्न डाक्टर रंगनाथ नायकद्वारा जारी स्टेटमेन्ट अनुसार उनलाई छातीमा दुखाइ भएपछि ११ बजेर ३० मिनेटमा अस्पताल ल्याइएको थियो । उहाँलाई अस्पतालमा ल्याउँदा अवस्था बिग्रिसकेको थियो ।

शिव राजकुमारका दाई समेत रहेका पुनितले सन् १९७६ बाट बाल कलाकारको रुपमा अभिनय सुरू गरेका थिए । उनको गत अप्रिलमा युवराथना नामक फिल्म रिलिज भएको थियो । जेम्स नामक उनको फिल्म छायांकन भरहेको छ । पुनितको मृत्युको खबर सार्वजनिक भएसँगै कलाकारहरूले सामाजिक संजालमार्फत श्रद्धान्जली व्यक्त गरिरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको