कोभिड महामारीका कारण अहिलेसम्म विश्वमा ५० लाख जनाको मृत्यु भइसकेको छ । महामारीकै कारण संसारभर २४ करोड जना जना संक्रमित छन् । त्यस्तै, कोभिडले विश्व अर्थतन्त्र नै प्रभावित छ । महामारीका कारण प्राय देशको अर्थतन्त्र चौपट परेको छ । तर, संसारमा एउटा मात्र देश छ जहाँ पहिलो पटक एक जनामा कोभिड देखिएको छ ।
प्रशान्त महासागरस्थित टापु राष्ट्र टोङ्गामा महामारी सुरु भए यताकै पहिलो कोभिड संक्रमण पुष्टि भएको हो । न्युजिल्यान्डको उत्तर पश्चिममा अवस्थित टोङ्गा टापुको जनसंख्या एक लाख छ । अहिलेसम्म एकतिहाइले कोभिडको दुबै डोज खोप लगाएका छन् ।
तर, एक जनामा कोभिड देखिएपछि हजार्रौ मानिस खोप लगाउन हतारिएका छन् । खोप पाउने आशामा अहिले मानिसहरु खोप केन्द्रमा जम्मा भएका छन् । सरकारले मुख्य टोङ्गा टापुमा लकडाउनको तयारी गरेको छ । प्रधानमन्त्री पोहिभा तुएनिटोआले केही दिनमै लकडाउन हुने बताएका छन् ।
कसरी सर्यो भाईरस ?
टोङ्गाको स्वाथ्य मन्त्रालयका अनुसार पूर्ण खोप लगाएका एक व्यक्तिमा संक्रमण पुष्टि भएको हो । उनी न्युजिल्यान्डको क्राइस्टचर्चबाट आएको उडानमा रहेका २१५ यात्रुमध्ये एक हुन् । उनी घर फर्किदै थिए । सो उडानमा रहेका अन्य यात्रुमा टोङ्गाको ओलिम्पिक्स टोली पनि छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस