अर्थ संसार, काठमाडौं- गृहमन्त्री जनार्दन शर्माले ट्राफिक व्यवस्थापन चुस्त बनाउन काठमाडौं उपत्यकाका करिब दुई सय स्थानमा यातायात संकेत बत्ती राख्न निर्देशन दिनुभएको छ ।
शुक्रवार ट्राफिक ब्यवस्थापनसँग सम्वन्धीत सरकारी निकायहरुसँग छलफल गर्दै गृहमन्त्री शर्माले छोटो बिधीबाट उपत्यकामा यातायात संकेत बत्ति राख्न निर्देशन दिँदै भने, ‘छोटो बिधीबाट काठमाडौंका दुई सय चोकमा संकेत बत्ति जडान गरौं, त्यसका लागी कत्ति खर्च लाग्छ ?’
ट्राफिक संकेत बत्ति तथा सड्क बत्ति बाल्न पनि एडिबीको मुख ताक्न नहुने उल्लेख गर्दै उनले भने, ‘एडिबीले सात बर्ष लगाउँछ, हामी आफैंले सड्कमा बत्ति बाल्न नसक्ने हो भने के सरकार चलाउने ?’
सड्क विभाग, यातायात ब्यवस्थापन विभाग, ट्राफिक प्रहरी महाशाखा, काठमाडौं उपत्यका खानेपानी लिमीटेड, नेपाल टेलिकम, विद्युत्त प्राधिकरण, काठमाडौं महानगरपालिका, लगायतका सरकारी निकायका प्रमुखहरुलाई मन्त्रि शर्माले तिन दिनभित्र ट्राफिक ब्यवस्थापनको योजना पेश गर्न निर्देशन दिएका छन् ।
‘कलंकीको जस्तो आकाशे पुल नबनाउनुस ठेकेदारलाई मात्र फाईदा हुन्छ, अब काम थाल्नुस छोटो बिधीबाट बन्ने आकाशे पुलहरु टेण्डर गरिहाल्नुस्, के दुई–चारओटा पुल बनाउने पैसा पनि छैन सड्क विभाग सँग ?’ मन्त्रि शर्माले प्रश्न गर्दै भने, ‘पैसोको ब्यवस्थापन म गरिदीन्छु ।’
यातायात ब्यवस्था विभागका महानिर्देशक गोपाल सिग्देललाई मन्त्रि शर्माले उपत्यकाका ८ सय स्थानका जेब्रा क्रसिङको रेखाङ्कन कम्तिमा १५ दिनभित्र सिध्याउन निर्देशन दिएका छन् ।
उपत्यकाको अस्तब्यस्त ट्राफिक ब्यवस्थापन सुधार्न पहिले ठुला बस हालेर सानालाई बिस्थापन गर्दै लानुपर्ने उल्लेख गर्दै मन्त्रि शर्माले भने, ‘सड्कसँगै जोडिएका पेट्रोलपम्प विस्थापनका लागी सुचना दिऔं, सार्क सम्मेलन हुँदा निलो जस्ताले बेरेर फोहोर छेक्ने प्रवृत्तिको अन्त्य गर्न हामी लागौं ।’
सरोकारवाला निकायहरुको छलफलका क्रममा मन्त्रि शर्माले काठमाडौं महानगरपालिकाका कार्यकारी निर्देशक ईश्वर पौडेलको संयोजकत्वमा कमिटी बनाएर उपत्यकाको ट्राफिक ब्यवस्थापनमा लाग्न निर्देशन दिएका छन् ।
‘पे–पार्किङ नगरौं, काठमाडौंमा गुण्डाराज शुरु हुन्छ’
गृहमन्त्रालयमा आयोजित ट्राफिक ब्यवस्थापन बारे छलफलका क्रममा प्रहरी प्रमुख प्रकाश अर्यालले अब्यवस्थित पार्किङ हटाउनुपर्ने तर टेण्डर गर्न नहुने बताए । ‘पे–पार्किङमा गुण्डाराज भयो, ईलेक्ट्रोनिक मिटर पार्किङ गरौं’ उनले भने, ‘पार्किङको टेण्डर नगरौं, काठमाडौंमा गुण्डाराज शुरु हुन्छ ’
काठमाडौंमा सवैलाई आफ्नै सवारी चाहिएकाले ट्राफिक ब्यवस्थापन चुस्त हुन नसकेको तर्क गर्दै प्रहरी प्रमुख अर्यालले सिन्डीकेट पनि ट्राफिक ब्यवस्थापनको मुख्य समस्या रहेको बताए ।
जेब्रा क्रसिङ सुरक्षीत बनाउनुपर्ने र मुख्य चोकमा आकाशे पुल बनाएर ट्राफिक ब्यवस्थापन सुधार्न सकिने उनले बताए ।विद्युत्त प्राधिकरणका निर्देशक कुलमान घिसीङले ट्राफिक ब्यवस्थापन पिक मेनेजमेन्ट भएको उल्लेख गर्दै भेहिकल फ्लो पिक टाईममा पब्लिक गाडी बाहेक अन्यलाई कम गरेर पनि मेनेज गर्न सकिने सुझाए ।
‘हाम्रोमा स्पिड मेन्टेन छैन, गाडी कत्ति समय रोकिने भन्ने पनि छैन’ उनले प्रश्न गरे, ‘सड्क बत्ति ब्यवस्थापन कसले गर्ने हो, किनकी सड्क पनि उज्याले हुनुपर्छ ।’सड्क विभागका महा–निर्देशक गोपाल सिग्देलले आगामी आर्थिक बर्षभित्र काठमाडौंका ३५ स्थानमा ट्राफिक संकेत बत्ति जडान गर्ने प्रतिवद्धता जनाए ।
‘अहिले १८ स्थानमा ओभरहेड ब्रिज छ’ सिग्देलले भने, ‘चक्रपथको हरेक ९ किलोमिटर दुरीमा ओभरहेड ब्रिज बनाउँदै छौं, त्रिपुेश्वर र माईतिघरमा पनी ओभरहेड ब्रिज बनाउने बारे अध्ययन गरिरहेका छौं ।’
काठमाडौं उपत्यका नगर विकास प्राधिकरणका आयुक्त भाईकाजी तिवारीले उपत्यकामा पार्किङको समस्या ठुलो रहेको उल्लेख गर्दै त्यसलाई मेनेज गर्न सकेमा ट्राफिक समस्या धेरै हदसम्म समाधान हुने दाबी गरे ।
फिक प्रहरी महाशाखाका प्रमुख डिआईजी मिङ्मार लामाले १ बर्षमा ६ लाख सवारीलाई कारवाही गर्दापनी ट्राफिक सुधारको संकेत देखा नपरेको बताए । उनले भने, ‘उपत्यकाका १८ स्थानमा ओभरहेड ब्रिज बनाउनुपर्छ, पुल बनाउन जत्ति ढिला हुन्छ सड्क जाम उत्तिनै बढ्दै जान्छ ।’
ठुला बस र ट्रकलाई चक्रपथ बाहिर पार्किङको ब्यवस्थापन गरेर संकेत बत्ति हाल्न सकेमा ट्राफिक ब्यवस्थापन सुधार्न सकिने डिआईजी लामाले बताए । त्यस्तै लाईसेन्स वितरण प्रणालिमा पनि अझै सुधार गर्नुपर्ने उनको भनाई छ ।
सड्क विभागका महानिर्देशक रुपनारायण भट्टराईले ओभरलोड जाँच्ने मेशिन विभागसँग नभएको र आवश्यक स्रोत नहुँदा सड्कमा सिसीटिभी समेत राख्न नसकेको बताए ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यो वा त्यो नभनीकन फुटपाथको ब्यापार हटाउने बताए । उनले भने, ‘फुटपाथका ब्यापारीसँग हाम्रो मिलेमतो पो छकी भनेर जनताले प्रश्न उठाएका छन्, बस स्टप हैन स्टेशन बनाऔं चढाउन र ओराल्ने बाहेक एक मिनेट पनी गाडी रोक्न नदिने पद्धती विकास गरौं ।’ त्यस्तै लामो समय एकै ठाउँमा राखेर मोवाईल शौचालय दिएका गाडीहरु हटाउन आफुले आदेश गरिसकेको शाक्यले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस