Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुम पावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, ०४ जेठ २०८२, ०७ : ११ मा प्रकाशित

तेह्रथुम पावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज जेठ ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ भोलि जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आजसम्म नेप्सेमा नाम दर्ता भएका सेयरधनीहरुले मात्रै हकप्रद सेयर भर्न सक्नेछन्।

नेपाल धितोपत्र बोर्ड (SEBON) बाट स्वीकृति पाएअनुसार, कम्पनीले हालको चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो। यसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता साधारण सेयर जारी गर्नेछ, जसको कुल रकम ४० करोड रुपैयाँ हुनेछ।

हकप्रद सेयरपछि चुक्तापुँजी दोब्बर

यो हकप्रद सेयर बिक्रीपछि तेह्रथुम पावरको कुल चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्नेछ। कम्पनीले हकप्रद सेयर बिक्री व्यवस्थापनको जिम्मा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड लाई दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको