तेह्रथुम पावर कम्पनी लिमिटेडले जारी गरेको हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरिएको छ। अब लगानीकर्ताले साउन ११ गतेसम्म यसमा आवेदन दिन सक्नेछन्।
कम्पनीले असार १६ गतेदेखि १:१ को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो। हाल कायम चुक्ता पूँजीको शतप्रतिशत बराबरको ४० लाख कित्ता सेयर निष्काशन गरिएको छ, जसको कुल रकम ४० करोड रुपैयाँ बराबर हुनेछ।
यसअघि कम्पनीले हकप्रद निष्काशनका लागि जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। त्यसअनुसार, जेठ ४ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र यस हकप्रदमा आवेदन दिन योग्य छन्।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख १९ गते हकप्रद निष्काशनको अनुमति दिएको हो। यस निष्काशनको बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले लिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस